
नेपालले रोजगारीका लागि विदेशी भूमिमा पलायन हुनुपर्ने बाध्यता कम गर्न युवा नेतृत्वले पहल गर्नुपर्नेछ। उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम, कृषि आधुनिकीकरण र प्रविधिमैत्री वातावरण सिर्जनामा युवाले नै महत्वपूर्ण भूमिका खेल्न सक्छन्
काठमाडौं महानगरपालिकालाई समेत उछिनेर अहिले देशभरीको नगरपालिका मध्य उत्कृष्ट नगरपालिका बन्न पुगेको कागेश्वरी मनोहरा नगरपालिकाको महत्त्व र स्थान आफ्नै छ । संघीय राजधानी काठमाडौं उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाले पछिल्ला केही वर्ष यता निकै चर्चा पाउँदै आएको छ। जसको श्रेय नगरका प्रमुख उपेन्द्र कार्कीलाई दिँदा पनि फरक नपर्ने अवस्था छ ।
मेयर कार्कीको नेतृत्व र काम गर्न सक्ने कलाको कारण अहिले नगरले हरेक क्रियाकलापहरुमा आफूलाई अब्बल तुलाई रहेको छ।
धार्मिक संस्कृति, प्राकृतिक सौन्दर्य, खेलमय बातावरण देखि हरियाली वातावरणले भरिएको यो नगरमा देखिएको नागरिकमैत्री सेवा र विकास योजनाका कारण पनि उपत्यकाकै नमुना नगरपालिका बन्न पुगेको छ।
विगतमा महानगरको परिधिमा रहेको यो नगपालिकाले छुट्टीएको एकदशक पनि नपुग्दै आफूलाई अब्बताको बाटोमा आफूलाई लम्काएको छ।
नगर घोषणा भएको पहिलो बर्ष नगरले खासै उपलब्धि नगरे पनि दोस्रो कार्यकालको लागि मेयर पदमा जब मेयर कार्कीको उदय भयो, त्यसपछिका दिनहरूमा नगरले विकासको गतिको लागि पछाडि फर्केर हेर्नु पर्ने अवस्था सृजना हुन पाएन ।
सामान्य परिवारमा जन्मिएका, सानैदेखि समाजसेवामा रुचि राख्ने र जनताको पीडा बुझ्ने स्वभाव भएका मेयर कार्की आफैमा एक विकासप्रेमी हुन्।
कागेश्वरी मनोहराको मेयरको रूपमा पदबहाली भए संगै उनले नगरको पहिलो बैठकमा घोषणा गरेका थिए “आफू पदका लागि हैन की आफ्नो पहिलो प्राथमिकता भनेको जनताको विश्वास र नगरको विकास हो ।”
मेयर कार्कीको यही प्रणले गर्दा अहिले नगरले अब्बल दर्जा लिएको छ। नगरले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकूद र वातावरणमैत्री जस्ता योजनाहरुलाई प्राथमिकतामा राखेर काम सुरुगरेको थियो ।विद्यालयहरूमा निःशुल्क इन्टरनेट, विद्यार्थीहरूलाई निःशुल्क पुस्तक वितरण, प्रत्येक वडामा स्वास्थ्य चौकी, महिला र वृद्ध नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमहरूले पनि नगरलाई अगाडि बढ्न मद्दत पुगेको छ ।
जनताको दैनिक कार्यविधिलाई हरेक पल ध्यान दिएर आफ्नो योजनाहरुलाई अगाडि बढाउन सक्ने खुबी मेयर कार्कीमा रहेको कारण पनि अहिले नगर चर्चाको शिखरमा रहेको छ।
कार्की नेतृत्त्वले नगरको सडक र सरसफाइको क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ । फोहोरमैला व्यवस्थापनमा नयाँ प्रविधि र घरमै फोहोर वर्गीकरण गर्ने अभ्यासलाई पनि नगरले अगाडि सारेको छ । जसको कारण नगर अहिले सफा र हराभरा बन्दै गएको छ ।
नगरलाई “सर्वोत्तम” बनाउन मेयर कार्कीले सुरु गरेका जनसहभागिता मुलक कार्यक्रम’ले अहिले नगरको मुहार फेरिँदै गएको छ। जनता सँग प्रत्यक्ष संवाद गर्ने, समस्या सुन्ने र तत्कालै समाधान गर्ने प्रथा पनि नगर प्रमुख कार्कीको पहलमा सुरु गरिएको छ । जसको कारण मेयर र नागरिक बिचको दूरीलाई नजिक्याउन सहज बनेको छ।
अहिले कागेश्वरी मनोहरा नगरपालिका अन्य नगरपालिकाका लागि प्रेरणादायी बनेको छ। नगरबासी भन्छन्, “सफा सडक, उज्यालो बत्ती, डिजिटल सेवा र सुखद जीवन यही हो हाम्रो नगर।”
नगरको सफलताको श्रेय भनेको मेयर कार्कीले नै हुन् । जसको कुशल नेतृत्व र नगरप्रतिको इमान्दारीता पनि हो ।
कागेश्वरी मनोहरा नगरपालिका अहिले अन्य नगरपालिकाहरुको लागि उदाहरण पनि बनेको छ। ईमानदार नेतृत्व र जनताको सहभागिता नै हो भन्दा फरक नपर्ला । कुनै पनि नगरलाई नेपालकै मात्र होइन, विश्वकै नमुना बनाउन सकिन्छ भन्ने कुराको अर्को उदहारण हो कागेश्वरी मनोहरा नगरपालिका ।
यसरी नगरको सबल नेतृत्व दिएर नगर लाई देशभर परिचित गराउन सफल भएका मेयर कार्कीमा देखिएको जनभावनाको कदर पनि नगर विकासको अर्को पाटो हो । कार्कीमा सबैलाई समेटेर लैजान सक्ने अदभुत कला छ । जसलाई नगरका हरेक नगरबासीहरुले नजिकबाट नियालिरहेका छन् ।
बिगत तिन दशक देखि नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर रुपले लागिरहेका एक अनुभवी र दक्ष पत्रकार हुन् । नेपाली पत्रकरितालाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने जमर्कोमा लागेका पत्रकार नेपालले आफ्नो कार्यगत अनुभव नेपालको विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक संचार माध्यमहरुमा देखाई सकेका छन् । पत्रकारितालाई आफ्नो जड-जरो ठान्ने नेपालले नेपालको पहिलो निजी रुपमा स्थापित संचार माध्यम कान्तिपुर दैनिक, साप्ताहिक, नेपाल म्यागजिन, नयाँ सडक दैनिक लगायतका छापा माध्यमहरुमा काम गरि प्रविधिको माध्यमले संचालित विभिन्न अनलाइन संचार माध्यमहरुमा लेख्दै आएका नेपाल हाल यसै विराट इन्फर्म्याटिक्स प्रा. लि. को अध्यक्ष तथा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।
नेपालले रोजगारीका लागि विदेशी भूमिमा पलायन हुनुपर्ने बाध्यता कम गर्न युवा नेतृत्वले पहल गर्नुपर्नेछ। उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम, कृषि आधुनिकीकरण र प्रविधिमैत्री वातावरण सिर्जनामा युवाले नै महत्वपूर्ण भूमिका खेल्न सक्छन्
पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने सोचका साथ सभापति देउवा अहिले युवालाई नेतृत्वको भूमिकामा ल्याउने रणनीतिमा लागिरहेका छन्
शिक्षित, डिजिटल युगमा हुर्किएका युवाहरूले भ्रष्टाचार, ढिलासुस्ती, र अनुत्पादकता सहन सक्दैनन्। उनीहरू नीति बनाउने तहमा पुगेर सेवा प्रवाहमा नवीनता ल्याउन सक्छन्। त्यसैले अब राजनीति केवल चुनाव जित्ने माध्यम होइन, देश बनाउने प्लेटफर्मको रूपमा युवाले हेर्न थालेका छन्, जुन सकारात्मक परिवर्तनको संकेत हो।
बनाना रिपब्लिक भन्ने शब्द केवल केरा वा कृषिमा सीमित होइन। यसको प्रयोग कुनै पनि त्यस्तो देशका लागि गरिन्छ जहाँ विदेशी शक्ति वा ठूला कम्पनीहरूले राष्ट्रिय निर्णयहरूमा गहिरो प्रभाव राख्छन्। यस्ता देशमा राजनीतिक नेताहरू प्रायः विदेशी दबाबमा काम गर्छन्, जनताको पक्षमा नीति निर्माण नगरी निजी वा विदेशी फाइदामा केन्द्रित रहन्छन्।
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.