
संघीय राजधानी काठमाडौं उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाले पछिल्ला केही वर्ष यता निकै चर्चा पाउँदै आएको छ। जसको श्रेय नगरका प्रमुख उपेन्द्र कार्कीलाई दिँदा पनि फरक नपर्ने अवस्था छ ।
नेपालको राजनीति विगत केही दशकदेखि गहिरो रूपान्तरणको परिधिमा घुमिरहेको छ। पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, गणतन्त्र र संघीयता हुँदै आएको नेपालको राजनीतिक यात्रा निरन्तर परिवर्तनको क्रममा छ। परिवर्तनको यो यात्रामा युवा पुस्ताको बढ्दो सहभागिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
विशेषगरी पछिल्ला राजनीतिक घटनाक्रमले गर्दा नेपाली राजनीति युवा नेतृत्वहरू उदाउने क्रम बढ्न थाल्यो।
यसमा एक परे नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन कुमार थापा जसको कारणले नेपाली राजनीति नयाँ दिशातर्फ उन्मुख हुन् थालेको छ ।
कांग्रेसभित्र महामन्त्री थापा अहिले लोकप्रिय युवा नेतृत्वको रुपमा स्थापित भएका छन्।
राजनीतिको प्रारम्भिक यात्रा विद्यार्थीकालबाट सुरु गरेका महामन्त्री थापाको यात्रा निरन्तर जनतासँग जोडिएको छ।
प्रष्ट भाषण शैली, पारदर्शिता, सुशासन र जिम्मेवार नेतृत्वप्रति उनको प्रतिबद्धताले उनलाई केवल दलभित्रै होइन, सम्पूर्ण नेपाली समाजमा चर्चित बनाएको छ। महामन्त्री थापा केवल एक व्यक्तिको नाम मात्र होइनन्, उनी हरेक पुस्ताको लागि आशा र भरोसाको प्रतिनिधित्व गर्ने चर्चित पात्रको रूपमा स्थापित भइरहेका छन् ।
संसदमा हरेक क्षेत्र संग सम्बन्धित मुद्दा उठाउनेदेखि भ्रष्टाचारविरोधी एजेण्डा अघि सार्ने कार्यमा उनी अग्रस्थानमा रहने गरेका छन् ।
विशेष गरी आफू स्वास्थ्य मन्त्री भएको समयमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि उनले गरेका पहलहरू जस्तै स्वास्थ्य बीमा र आधारभूत सेवा विस्तार जस्ता योजनाहरूले उनी जिम्मेवार र दूरदर्शी नेता भएको प्रमाणित गर्छ ।
लोकतन्त्र सफल भएका बिश्वका विकसित मुलकहरूमा यो प्रमाणित भैसकेको छ कि युवाको सहभागिता बिना कुनै पनि राष्ट्रको राजनीति दिगो हुँदैन।
युवाहरूको ऊर्जा, नवीन सोच, प्रविधिमुखी क्रियाकलाप र पारदर्शितामुखी दृष्टिकोणले परिवर्तनको संकेत ल्याउँछ ।
अझ नेपालजस्तो मुलुक जहाँ जनसंख्याको ठूलो हिस्सा युवावर्गले ओगटेको छ, त्यहाँ राजनीतिक निर्णय प्रक्रियामा युवाहरूको सक्रियता अझै महत्त्वपूर्ण मानिन्छ।
त्यसैले महामन्त्री थापा जस्ता नेताहरू युवाको सक्रिय राजनीतिका प्रतिनिधिका एक ठूलो खम्बा हुन्।
जब युवाहरूले संसद, स्थानीय तह वा पार्टी संरचनामा स्थान पाउँछन्, तब मात्र नीति निर्माणको तहमा उनीहरूको दृष्टिकोण परिलक्षित हुन्छ।
जस्तै रोजगारी सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य सेवा, दिगो विकास र सूचना प्रविधि जस्ता क्षेत्रमा युवाको सोच अहिलेको आवश्यकता पनि हो ।
अहिले विभिन्न प्रकारका राजनितिक दलहरुमा युवा नेतृत्वको उदयले नेपाली राजनीतिमा उल्लेखनीय प्रभाव पारेको छ।
नयाँ पुस्ताले राजनीति गर्ने शैलीलाई पूर्ण रूपमा परिवर्तन गरेका छन्। उनीहरूले फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमार्फत जनतालाई प्रत्यक्ष जानकारी दिने, आफ्ना गतिविधि सार्वजनिक गर्ने र प्रत्यक्ष संवाद गर्ने अभ्यास बढाएका छन्, जसले नागरिकलाई प्रश्न गर्न, जवाफ खोज्न र नेतासँग प्रत्यक्ष सम्पर्कमा रहन सहज वातावरण बनाएको छ। यसरी पारदर्शिता र जवाफदेहिताको संस्कार मजबुत हुँदै गएको छ।
युवापुस्ताले शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधि जस्ता मुलुकका आधारभूत क्षेत्रमा नयाँ विचार र नीति ल्याएका छन्।
पुराना पुस्ताले सीमित अनुभवमा आधारित भएर राजनीति गर्ने परम्परा बोकेका थिए भने नयाँ पुस्ताले विश्वव्यापी अभ्यास अध्ययन गरी व्यवहारिक, वैज्ञानिक र प्रगतिशील नीति प्रस्ताव गर्न थालेका छन्।
यसरी देशमा परिवर्तनकारी भूमिकालाई अग्रभागमा ल्याउने काममा भने कांग्रेस महामन्त्री थापाको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ।
जसको कारणले राजनीतिक निर्णयलाई समयसापेक्ष र जनमुखी बनाउन सहयोग पुर्याएको छ।
युवा नेताहरूको अर्को विशेषता भनेको उनीहरूको जनतासँगको प्रत्यक्ष सम्पर्क हो। महामन्त्री थापाको शैली नै जनमुखी छ, जसमा उनी गाउँघरमा गएर, सडकसभामा सहभागी भएर वा खुला छलफलमार्फत जनताको आवाज प्रत्यक्ष सुन्ने गर्छन्। यसले राजनीतिलाई केवल निर्वाचनतर्फ सीमित राख्ने होइन, जनजीवनसँग जोडिने दरिलो माध्यम बनाएको छ।
महामन्त्री थापा जस्ता व्यक्तित्वहरूले निराश र असन्तुष्ट जनमानसमा आशा र विश्वास जगाउने कार्य गरेका छन्। नेतृत्वमा नयाँ पुस्ताले जिम्मेवारी पाउँदा मुलुकको भविष्य उज्यालो हुन्छ भन्ने विश्वास नागरिकमा बढेको छ जसको एक भरपर्दो उदहारण बनेका छन् महामन्त्री थापा।
यसरी राजनीतिमा युवाहरुको उदयले पारदर्शिता, नवीन सोच, जनतासँगको प्रत्यक्ष सम्पर्क र आशा-विश्वासको पुनःस्थापना गर्दै नेपाली राजनीति नयाँ चरणतर्फ अगाडि बढिरहेको पनि छ।
आजका युवाप्रति समाज र राष्ट्रले धेरै अपेक्षा गरेको छ। नेपालले रोजगारीका लागि विदेशी भूमिमा पलायन हुनुपर्ने बाध्यता कम गर्न युवा नेतृत्वले पहल गर्नुपर्नेछ। उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम, कृषि आधुनिकीकरण र प्रविधिमैत्री वातावरण सिर्जनामा युवाले नै महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
राजनीतिमा प्रवेश गर्ने युवाप्रति जनताको अपेक्षा भने अझै बढी हुन्छ। किनभने जनताले नयाँ पुस्ताबाट पुरानो पुस्ताले गर्न नसकेको सुधारको कार्य गर्ने अपेक्षा राख्छन् भन्ने कुरा महामन्त्री थापा जस्ता नेताले उदाहरण दिइरहेका छन्।
महामन्त्री थापाले निरन्तर दिएको सन्देश भनेको राजनीति सेवामुखी व्यवसाय हो। यो व्यापार होइन ।
महामन्त्री थापा जनताको करको पैसा खर्च गर्ने संसद सदस्य सदैव जनता प्रति जवाफदेही हुनुपर्ने पक्षमा रहने गरेका छन्। त्यसैले राजनीतिलाई व्यवसायीकरण होइन, सेवामूलक बनाए मात्र राष्ट्र निर्माण सम्भव हुन्छ।
युवालाई राजनीतिमा आउन उनले निरन्तर आह्वान गर्दै आएका छन्। महामन्त्री थापाको विचारमा, राजनीतिमा चित्त बुझेन् भनेर बाहिर बस्नु भन्दा भित्र प्रवेश गरेर सुधारको पहल गर्नु अहिलेको आवश्यकता हो ।
नेपालको राजनीतिक यात्रा चुनौतिपूर्ण छ। तर यसमा युवा पुस्ताको उदय र सक्रियता उत्साह भरिएको पनि छ। विशेषगरी महामन्त्री थापा जस्ता नेताले युवाको नेतृत्व क्षमता प्रमाणित गरी रहेका छन्।
युवाले राजनीति गर्दा पारदर्शिता, जवाफदेहिता, नवीन सोच र जनमुखी कार्यक्रम ल्याउँछन्। यसले लोकतन्त्रलाई सबल बनाउने मात्र होइन, राष्ट्रको समग्र विकासलाई पनि गति दिन्छ। नेपालमा नयाँ पुस्ताले राजनीति अगाडि बढाउँदा मात्र सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगार सिर्जना र न्यायपूर्ण समाज निर्माण सम्भव हुन्छ।
यस कारण, युवाको राजनीति प्रवेशलाई सकारात्मक रूपमा लिनु आवश्यक छ। महामन्त्री थापा जस्ता भरोसामन नेताहरूको उदयलाई नयाँ नेपालको आशा र सम्भावना रूपमा लिन सकिन्छ। यो नेपालको राजनितिक परिवर्तन को लागि नयाँ आयामको सन्देश पनि हो ।
बिगत तिन दशक देखि नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर रुपले लागिरहेका एक अनुभवी र दक्ष पत्रकार हुन् । नेपाली पत्रकरितालाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने जमर्कोमा लागेका पत्रकार नेपालले आफ्नो कार्यगत अनुभव नेपालको विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक संचार माध्यमहरुमा देखाई सकेका छन् । पत्रकारितालाई आफ्नो जड-जरो ठान्ने नेपालले नेपालको पहिलो निजी रुपमा स्थापित संचार माध्यम कान्तिपुर दैनिक, साप्ताहिक, नेपाल म्यागजिन, नयाँ सडक दैनिक लगायतका छापा माध्यमहरुमा काम गरि प्रविधिको माध्यमले संचालित विभिन्न अनलाइन संचार माध्यमहरुमा लेख्दै आएका नेपाल हाल यसै विराट इन्फर्म्याटिक्स प्रा. लि. को अध्यक्ष तथा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।
संघीय राजधानी काठमाडौं उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाले पछिल्ला केही वर्ष यता निकै चर्चा पाउँदै आएको छ। जसको श्रेय नगरका प्रमुख उपेन्द्र कार्कीलाई दिँदा पनि फरक नपर्ने अवस्था छ ।
पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने सोचका साथ सभापति देउवा अहिले युवालाई नेतृत्वको भूमिकामा ल्याउने रणनीतिमा लागिरहेका छन्
शिक्षित, डिजिटल युगमा हुर्किएका युवाहरूले भ्रष्टाचार, ढिलासुस्ती, र अनुत्पादकता सहन सक्दैनन्। उनीहरू नीति बनाउने तहमा पुगेर सेवा प्रवाहमा नवीनता ल्याउन सक्छन्। त्यसैले अब राजनीति केवल चुनाव जित्ने माध्यम होइन, देश बनाउने प्लेटफर्मको रूपमा युवाले हेर्न थालेका छन्, जुन सकारात्मक परिवर्तनको संकेत हो।
बनाना रिपब्लिक भन्ने शब्द केवल केरा वा कृषिमा सीमित होइन। यसको प्रयोग कुनै पनि त्यस्तो देशका लागि गरिन्छ जहाँ विदेशी शक्ति वा ठूला कम्पनीहरूले राष्ट्रिय निर्णयहरूमा गहिरो प्रभाव राख्छन्। यस्ता देशमा राजनीतिक नेताहरू प्रायः विदेशी दबाबमा काम गर्छन्, जनताको पक्षमा नीति निर्माण नगरी निजी वा विदेशी फाइदामा केन्द्रित रहन्छन्।
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.