
इन्टरनेटमार्फत डिजिटल ठगी व्यापक बनेको छ । भ्रामक वेबसाइट, झुठो अफर, अविश्वसनीय मोबाइल एपमार्फत पैसा ठग्ने कार्य भइरहेको छ
सरकारले लागू गर्न थालेको ईम्बोष्ड नम्बर प्लेट योजनाविरुद्ध देशभर चौतर्फि विरोध सुरु भएको छ। विभिन्न स्थानमा यातायात व्यवसायी, निजी सवारीधनी, र उपभोक्ता अधिकारकर्मीहरूले यसलाई अत्यधिक महँगो, अपरिपक्व र जनमैत्री नभएको भन्दै असन्तोष प्रकट गरेका छन्।
सडक प्रदर्शनदेखि सामाजिक सञ्जालसम्म, सर्वसाधारणले ईम्बोष्ड नम्बर प्लेटको अनिवार्यतामा आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा यो योजना जनतालाई थिच्ने निर्णय भएको छ, किनभने एक सामान्य नम्बर प्लेटको तुलनामा ईम्बोष्ड प्लेट अत्यन्त महँगो छ र आवश्यक पूर्वाधार बिना लागू गरिएका निर्णयको पक्षमा हामी छैन।
देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत अन्य यातायात व्यवसायीहरूले, ईम्बोष्ड नम्बर प्लेटले व्यवसायिक सवारीहरूमा थप आर्थिक बोझ बढाएको छ, पहिल्यै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कर र अन्य खर्चका कारण दबाबमा रहेका हामीलाई सरकारले फेरि अर्को आर्थिक बोझ थपिएको सार्वजनिक यातायात सञ्चालकहरू भन्छन हामी यो निर्णयको पुर्ण रूपमा बहिष्कार गर्छौ हामी व्यवसायीहरूको साझा धारणा यही हो एक व्यवसायी भन्छन |
कानूनविद्हरूले पनि यो योजना प्रक्रियागत पारदर्शिता र आवश्यक छलफलबिनै लागू गरिएको भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा, नागरिकको व्यक्तिगत गोपनीयतासमेत ईम्बोष्ड प्लेटमार्फत खतरामा पर्न सक्ने अवस्था छ।
यसैबीच, सरकारले भने यो योजना आधुनिक प्रविधि भित्र्याएर सवारी व्यवस्थापनलाई सहज बनाउन लागू गरिएको दाबी गरेको छ। यातायात व्यवस्थापन विभागका अधिकारीहरूले चोरी, अपराध नियन्त्रण र सवारी ट्र्याकिङमा ईम्बोष्ड नम्बर प्लेट उपयोगी हुने बताएका छन्।
चौतर्फि तीव्र बिरोध बन्दै गएपछि सरकारले यसबारे थप छलफल गर्न सुरु गरेको संकेत दिएको छ।
ईम्बोष्ड नम्बर प्लेट भनेको प्रविधिगत रूपमा उन्नत, मेसिनले पढ्न सक्ने किसिमको लाइसेन्स प्लेट हो, जसमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) चिप जस्ता विशेषता समावेश गरिएका हुन्छन्। टिकाउ एल्युमिनियमबाट बनेका यी प्लेटहरूलाई अधिक सुरक्षित, छेडछाड गर्न नसकिने र प्रत्येक सवारीसाधनका लागि विशिष्ट र ट्र्याक गर्न सकिने अभिलेख तयार पार्ने माध्यमका रूपमा लिइन्छ। यसले सवारी चोरी र ठगी रोकथाममा सहयोग पुर्याउँछ।
नेपालमा सरकारी अनुगमनलाई थप प्रभावकारी बनाउन तथा सवारीसाधन अभिलेखलाई डिजिटलाइजेशन गर्ने उद्देश्यले आगामी सन् २०२५ सेप्टेम्बर १७ देखि ईम्बोष्ड नम्बर प्लेट अनिवार्य रूपमा लागू गरिँदैछ।
नेपालमा, ईम्बोष्ड नम्बर प्लेटको मूल्य सवारीको प्रकारअनुसार फरक पर्ने गरेको छ। यातायात व्यवस्था विभाग (DoTM) अनुसार, दुई पाङ्ग्रे सवारीको लागि यो मूल्य रु २,५०० देखि शुरू हुन्छ भने भारी चार पाङ्ग्रे सवारीको लागि रु ३,६०० राखिएको छ। मूल्य सवारी प्रकारअनुसार फरक पर्ने गरी निर्धारण गरिएको छ, जस्तै तीन पाङ्ग्रे सवारीका लागि रु २,९०० र हल्का चार पाङ्ग्रे सवारीका लागि रु ३,२००।
राजकुमार लामा काठमाडौंका निवासी सामाजिक अभियन्ताका रूपमा परिचित छन्। सामाजिक न्याय, वातावरण संरक्षण र नागरिक अधिकारको क्षेत्रमा उनी सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। काठमाडौंमा रहेका विभिन्न सामाजिक अभियानहरूमा उनी नेतृत्व गर्दै आएका व्यक्ति हुन् र उनीद्वारा चलाइएका पहलहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ।उनको काम सार्वजनिक चेतना जागरण र सामाजिक उत्तरदायित्वमा केन्द्रित रहेको छ।
इन्टरनेटमार्फत डिजिटल ठगी व्यापक बनेको छ । भ्रामक वेबसाइट, झुठो अफर, अविश्वसनीय मोबाइल एपमार्फत पैसा ठग्ने कार्य भइरहेको छ
श्रीमान-श्रीमतीको सम्बन्ध परस्पर समर्थन, भरोसा र प्रेममा टिकेको हुन्छ। तर सहयोग तबसम्म मात्र रहन्छ, जबसम्म त्यो समानता र इज्जतको आधारमा हुन्छ। जब एक पक्षले अर्कोको जीवनमा नियन्त्रण गर्न खोज्छ, तब त्यो सहयोग होइन, शोषण हो
सूचना विभाग दर्ता नं. YYY-०८१/८२
कमलपोखरी, काठमाडौं, नेपाल
info@biratinfo.com
Copyright © 2025 BIRAT Informatics Pvt.